काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए/गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ। मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज (शनिबार) आयोगको कार्यालय पुगेर छलफल गरेका हुन्। त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको जानकारी गराए। उनले निर्वाचन अधिकृतका […]