ग्रेट नेपाल र फाइभ इलिमेन्ट एसडीजीबीच सम्झौता

काठमाडौं । दिगो विकास, नवीकरणीय ऊर्जा र सामाजिक रूपमा समावेशी प्रविधिको प्रवद्र्धन गर्ने लक्ष्यसहित ग्रेट नेपाल प्रालि र स्विट्जरल्याण्डस्थित अन्तर्राष्ट्रिय संस्था फाइभ इलिमेन्ट एसडीजीबीच तीन वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रेट नेपालका अध्यक्ष गुणराज ढकाल र फाइभ इलिमेन्ट एसडीजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण साम अमृतमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् […]