नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ई–कमर्स कारोबारलाई थप सुरक्षित बनाउने उद्देश्यसहित ३डी सेक्योर एसीएस सेवा सञ्चालनमा ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सुरु गरिएको उक्त सेवाले अनलाइन डेबिट तथा क्रेडिट कार्ड कारोबारमा अतिरिक्त सुरक्षा तह थप्नेछ। नयाँ प्रणाली लागू भएपछि ई–कमर्समार्फत हुने कार्ड भुक्तानीमा ग्राहकले अनिवार्य रूपमा प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ। यसका लागि ओटीपी […]