केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बोलाइएको उनको निजी सचिवालयले जनाएको छ। बैठक मुख्यतया विकास निर्माणका कार्यलाई तीव्रता दिने र केन्द्र तथा प्रदेशबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्रोत–साधनको न्यायोचित बाँडफाँड […]