नेपालमा पहिलोपटक 'क्रिटिकल केयर मेडिसिन'को पढाइ सुरु गर्ने श्रेय प्राडा मरहठ्ठालाई पनि जान्छ। उनकै नेतृत्वमा यस विधाको प्राज्ञिक अध्ययन सुरु भएको हो। २०५३ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक 'ओपन हार्ट सर्जरी' सुरु हुँदा बिरामीलाई एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी निभाएका थिए।