मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २७० सवारीसाधनलाई कारबाही गर्दा १२ लाख ९६ हजार ५०० राजस्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार साउनदेखि कात्तिकसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गर्दा […]