जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै

बाग्मती–  ‘जेन-जी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लोतला जलेर पूर्ण रूपमा ध्वस्त भएका थिए भने पहिलोतला सुरक्षित छ ।  सुरक्षित रहेका कोठामा जोगिएका टेबुल कुर्सी राखेर तत्काल कार्यालयको सेवा सञ्चालन गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख प्रविण […]