गुल्मीमा एकपछि अर्को गर्दै यस कारण ढले ३०० सल्लाका रुख
रुख ढल्ने क्रमसँगै वन क्षेत्रबाट ढुंगा पनि खस्न थालेपछि तल्लो क्षेत्रका बस्तीमा बसोबास गर्ने परिवारलाई शनिबार नै सुरक्षित स्थानमा सारिएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले करिब ४५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको बताए ।