इरानसँगकाे वार्ता सकारात्मक भएकाे राष्ट्रपति ट्रम्पको अभिव्यक्तिसँगै कच्चा तेलको मूल्य पनि घट्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता सकारात्मक भएकाे बताएसँगै कच्चा तेलको मूल्य केही घटेको छ । यस अघि गत आइतबार साेही तेलकाे मूल्य बढेर १ सय १३ डलर प्रतिब्यारेलसम्म पुगेको थियाे । तर कच्चा तेलको मूल्य साेमबार राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता सकारात्मक भएकाे बताएसँगै घटेर ९६ डलर प्रतिब्यारेलमा झरेको बीबीसीले जनाएको हाे । […]