‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजनाले निर्माण सुरु भएको १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैतभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन तथा हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फका निर्माण कार्यलाई समानान्तर रूपमा तीव्रता दिएको हो […]