विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा […]