निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न भइसकेको र प्राप्त कुल सदर मतका आधारमा सिट बाँडफाँट गरिएको जनाएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार […]