इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो

काठमाडौं– इरानले अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न एक विमान खसालेको दाबी गरेको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी फार्स न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले उक्त विमान इस्फहानको दक्षिणी क्षेत्रमा खसालेको जनाएको हो। रिपोर्टअनुसार उक्त विमान हराइरहेका अमेरिकी अधिकारीको खोजीमा परिचालित थियो। फार्सले आफ्नो टेलिग्राम च्यानलमार्फत् सार्वजनिक गरेको तस्वीरमा खेत क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको […]