ग्राजिया देलेद्दा : जसको पहिलो कथा छापिएको पत्रिका नै जलाइएको थियो
देलेद्दाको परिवारमा बिपत्तिहरू लाम लागेर आए । वास्तवमा देलेद्दाले प्रेम र त्रासदीका कथा लेखनका लागि सामग्री खोज्न कतै टाढा जानै परेन । उनको आफ्नै परिवारमा घटित मानव पीडाका विषयवस्तुहरू नै उनको लेखनका लागि सातुसामल भए ।