अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै खाडी क्षेत्रमा युद्धको दायरा विस्तार भएको छ। अमेरिकाले लगातार सातौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार पछिल्लो आक्रमणमा लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग […]