ठमेलमा नयाँ वर्षको चहलपहल

काठमाडौँ। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौँको ठमेलमा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरुको चहलपहल देखिएको छ। विश्वसम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ । अंग्रेजी नयाँ वर्षमा अमेरिका‚ युरोप‚ चीन‚ भारत‚ बंगलादेशलगायत मुलुकबाट पर्यटक नेपाल आउने गर्छन्। […]