गगन थापा भन्छन्- काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएँ

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन्। गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार‚ व्यवसाय तथा पेसामा संलग्न रहेका सर्लाही क्षेत्र नम्बर ४ का मतदातासँग आज (शनिबार) आयोजित अन्तर्क्रियामा उनले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताए। थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। […]