१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ । रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका […]