कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरिएको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए । यसैगरी बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र […]