कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या र तिनको दिगो समाधानका उपायबारे सरोकारवाला निकायबीच गहन छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ को उपस्थितिमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, पर्यटन मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र दुर्गम क्षेत्रमा सेवा […]