‘निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छ’ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुन:स्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकतामा राखेको बताएकी छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवा प्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गरिन्। […]