जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी गर्दै सम्पन्न भयो क्लाइमेट विक

तीन दिनसम्म चलेको सम्मेलनमा २९ वटा विषयगत र तीनवटा आउटडोर सत्र सञ्चालन भएका थिए। हानि तथा नोक्सानी, जलवायु कूटनीति, अनुसन्धान तथा नीति, चक्रीय अर्थतन्त्र र निजी क्षेत्रको वित्त परिचालनलगायत विषयमा छलफल भएको थियो।