विद्रोहीसँगको भिडन्तबाट भागेको आरोपमा डीआर कंगोका ६६ सैनिकलाई मृत्युदण्ड

किन्शासा । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) मा युद्धमैदानबाट भागेको र सैन्य आदेश उल्लङ्घन गरेको आरोपमा ६६ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वी कंगोको उत्तरी किभू प्रान्तस्थित वालिकालेमा बसेको गोमा ग्यारिसन सैन्य अदालतले नोभेम्बर ६ (शुक्रबार) राति यस्तो फैसला सुनाएको हो। स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७१ जना सैनिकविरुद्ध चलेको मुद्दामा […]