नेपाली कांग्रेसकी मधेस प्रदेशसभा सदस्य अन्जना पण्डितका पति पेसाले चिकित्सक हुन्। उनको घर जनकपुरधामको वंशीचोकमा छ। कांग्रेसको प्रदेश कार्यालयसमेत पण्डितकै घरमा छ। पार्टी कार्यालयनजिकै उनको अलगै घर पनि छ। अन्जनाका पति मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर हुन्। आफू सांसद, पति चिकित्सक, एउटा घर कांग्रेस पार्टीलाई भाडामा, अर्को घरमा आफ्नो निवास। विडम्बना, आफ्नै घरबाट प्रदेशसभा जाने […]