मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको र राजनीतिक स्थिरता कायम भएको गृहमन्त्री लेखकको दाबी

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको र राजनीतिक स्थिरता कायम भएको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गत दश महिनाको तुलनामा अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरे। “दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। विदेशी मुद्रा सञ्चिति बढेको छ, आर्थिक सूचकहरू सकारात्मक छन्,” उनले भने, […]