महामन्त्रीले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने विश्वास छ: प्रकाशशरण महत

काठमाडौँ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दुबै महामन्त्रीले पार्टीको निर्णय मान्नुपर्ने बताएका छन्। महतले केन्द्रीय कार्यसम्पादन समितिले शुक्रबार गरेको निर्णयलाई महामन्त्रीले स्वीकार गरेर जानुपर्ने बताए। “उहाँहरू पार्टीको कार्यसमितिमा हुनुहुन्छ, पार्टीले गरेको निर्णय उहाँहरूले मान्नुपर्छ, मान्नुहुन्छ भन्ने विश्वास छ,” महतले भने। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको नियमित महाधिवेशन २०८३ वैशाख २८-३१ सम्म गर्ने निर्णय गरेको छ। […]