अमेरिकाको एक ल्याबमा साइबर आक्रमण, बिरामीका विवरण चोरी भएको आशंका
क्वेस्ट डाइग्नोस्टिक्सका बिरामीका विवरण यसअघि पनि साइबर आक्रमणका कारण प्रभावित भएका थिए। सन् २०१६ मा भएको अर्को साइबर घटनामा प्रयोगशाला परीक्षणका नतिजा र सम्पर्क विवरणसहित करिब ३४ हजार व्यक्तिको जानकारी सार्वजनिक भएको थियो।