भक्तपुर- चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालनका लागि चीनले प्रयास गरिरहेको बताएका छन् । तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार भक्तपुर पुगेका अध्यक्ष वानमिङले नगरप्रमुख सुनिल प्रजापतिसँगको भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख […]