काठमाडौं। सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुईवटा बचतपत्रको बिक्री खुला गरेको छ। कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘नागरिक बचतपत्र-२०८७’ र ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र-२०८७’ निष्कासन गर्न लागेको हो। पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी २५ मंसिरसम्म आवेदन दिन सकिनेछ। बचतपत्र २८ मंसिरमा निष्कासन हुनेछ। नागरिक बचतपत्रमा […]