काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बिहीबार बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गर्नुभएको हो। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी भएका थिए। […]