महेन्द्रनगर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा साढे ६ वर्षअघि निर्माण सम्पन्न भएको सभागृह (सिटीहल) अझै सञ्चालनमा आउन सकेको छैन। २०७५ मा निर्माण सम्पन्न भएको तीनतले सुविधा सम्पन्न सभागृह प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेको छ। ‘अन्डरग्राउन्ड पार्किङ’ सहितको तीनतले सुविधा सम्पन्न सभागृहमा तीनवटा हल छन्। भीमदत्त नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघा क्षेत्रफलमा सभागृह तयार […]