मुस्ताङमा सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए ।