२३ भदौ, काठमाडौँ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका …
काठमाडौं– जेन-जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित स्मृति सभा विवादको केन्द्रमा परेको छ। जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजित ‘जेन-जी आन्दोलन २०८२’ को स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिएपछि राष्ट्रिय स्वतन्त्र […]
काठमाडौँ। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकाे छ । मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा नेपाल–चीन सीमा क्षेत्र नजिक ४.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। हिमाली तथा दुर्गम क्षेत्रमा केन्द्रबिन्दु […]
काठमाडौँ — अगस्त २६ मा नेपालको भोटेकोशी नदी प्रणालीमा आएको बाढीमा परिवारका सदस्य गुमाएका ‘सुमन’ (परिवर्तित नाम) अहिले राति राम्रोसँग सुत्न सक्दैनन्। आँखा बन्द गर्नेबित्तिकै उनलाई बाढीको आवाज सम्झना आउँछ। पानीको तीव्र बहाव, मानिसहरू चिच्याएको दृश्य र केही क्षणमै बदलिएको आफ्नो संसार उनको स्मृतिमा बारम्बार फर्किरहन्छ। दिनमा पनि उनी एक्लै बस्न रुचाउँछन्। कहिलेकाहीँ अचानक झस्किन्छन्। […]
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र मुस्ताङको लोमान्थाङ आसपास भएको भूकम्प मापन केन्द्रका विज्ञ लोक विजय अधिकारीले जानकारी दिए। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार राति गएको हो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बतसँगै नेपालको मनाङ, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौँलगायत […]