जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले पहिलो जित निकालेको छ। नेपालले शनिबार क्लासिफिकेसन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनाएको थियो। दोस्रो सेटमा अझ प्रभावशाली प्रदर्शन गर्दै नेपालले कीर्गिस्तानलाई २५–१६ मा रोक्यो । तेस्रो सेटमा पनि नेपालले […]