प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइ नजिकको बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राम्रा काममा आफूहरूले समर्थन गर्ने बताएका छन् । बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा दाहालले निर्वाचन सफलतापूर्वक भएकोमा खुसी व्यक्त गरे । उनले त्यसक्रममा रास्वपालाई शुभकामना दिए। उनी पछिल्लो चुनावी झट्काका कारण रास्वपासँग नजिकिने प्रयासमा छन् । […]