अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा आठ जना यात्रु बोकेको निजी जहाज दुर्घटनाग्रस्त भएको सङ्घीय विमान प्रशासनले जनाएको छ । सङ्घीय विमान प्रशासनका अनुसार, जहाज आइतबार राति करिब ७ः४५ बजे दुर्घटनाग्रस्त भएको हो । जहाजमा सवारहरूको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । सङ्घीय विमान प्रशासन र राष्ट्रिय यातायात सुरक्षा […]