शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाइएको छ: कांग्रेस

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाको टाउकोको पछाडि र गर्धनमा चोट लागेको बताए। 'सुरुमा हामी सबै आत्तिएका थियौं, तर अहिले सभापति दम्पतीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ,' विश्वकर्माले भने।