नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उपचारका लागि पछिल्लो २४ घण्टाभित्र डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ। सामाजिक सञ्जालमार्फत उपचार खर्च जुटाउन अपिल गरेपछि देश–विदेशबाट उल्लेख्य सहयोग जुटेको हो। साम्बाले दिएको जानकारीअनुसार हालसम्म नेपालभित्रबाट १ करोड रुपैयाँभन्दा बढी र विदेशबाट ४५ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। उनले […]