आर्थिक प्रलोभन देखाएर १६ वर्षीया नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गरेको आरोपमा एक बिचौलिया पक्राउ परेकी छन्। घटनामा वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवं आइभिएफ विशेषज्ञ डा. नूतन शर्माको भूमिकासमेत प्रहरी अनुसन्धानको दायरामा परेको छ। ललितपुर जिल्ला प्रहरी परिसरले तनहुँकी राधिका गोतामेलाई ग्वार्कोस्थित बी एन्ड बी अस्पताल परिसरबाट पक्राउ गरेको हो। जिल्ला अदालत ललितपुरले उनीमाथि अनुसन्धान […]