वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरस्थित ज्वाइन्ट बेस एन्ड्र्युजमा पुगेर स्वागत गर्ने कार्यक्रम छ । एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय अमेरिका भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ । भ्रमणका क्रममा दुई नेताबीच व्यापार, कृत्रिम […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । ‘हामीले हार मानेका छैनौं । सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ती सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौं,’ उनले भने […]
काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने सिलसिलमा न्युयोर्कमा रहेका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवं प्रतिनिधिमण्डलका नेताको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । समारोहमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा महासभामा सहभागी हुन आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै न्युयोर्कमा रहेका प्रतिनिधिमण्डलका नेता सहभागी भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका […]
काठमाडौँ । जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम आजदेखि सुरु गरेको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्ड अनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा सुरु भएको […]