इटहरीका विद्यार्थीले स्कुलमै बेचे तरकारी

पढी सकेपछि विद्यार्थीलाई काम गर्न सक्षम बनाउने उद्देश्यले इटहरी वडा नं. २० मा सञ्चालित किड्स ह्याप्पी होमले मंगलबार विद्यार्थीहरुलाई तरकारी विक्री गर्न लगायो । अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलले विद्यार्थीलाई तरकारी विक्री गर्न लगाएको हो ।