घरका भित्ताबाट सामाजिक सञ्जालमा सरेको नेपालको चुनावी प्रचार, जनमत बटुल्न हजारौं डलर खर्च

नेपालमा कुनै बेला चुनावका उम्मेदवार र राजनीतिक दलका पोस्टरहरू घरका भित्ताहरूमा टाँसेर प्रचार गरिन्थ्यो। घरका भित्ताहरू चुनावी नाराले रंगिएका देखिन्थे। तर अब समय बदलिएको छ। राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचारलाई डिजिटल बनाइरहेका छन्। सामाजिक सञ्जालका भित्ताहरूमा उनीहरूको उपस्थिती छ्यापछ्याप्ती देखिन थालेको छ। सामाजिक सञ्जाल पोस्टदेखि टिकटक र रिल्ससम्म उम्मेदवारका प्रचारहरू फरक–फरक शैलीमा देखिने गरेका […]