अलास्का राज्यको दक्षिणी तटमा दिइएको सुनामीको चेतावनी खारेज

अमेरिकाको अलास्का राज्यको दक्षिणी तटभरि फैलिएका समुदायहरूलाई दिइएको सुनामीको चेतावनी खारेज गरिएको छ । बुधबार शक्तिशाली भूकम्पपछि सुरक्षित उच्च स्थानमा जान उनीहरुलाई निर्देशन दिइएको थियो । तर अधिकारीहरूले छिट्टै सुनामीको चेतावनी घटाउँदै र अन्ततः खारेज गरेका छन । अहिलेसम्म कुनै ठूलो क्षतिको खबर आएको छैन। अलास्का भूकम्प केन्द्रका अनुसार, ७.३ म्याग्निच्युडको भूकम्प स्यान्ड पोइन्ट सहरको […]