छाता ऐन कि स्वास्थ्य विज्ञान विश्वविद्यालय?

आजको बहस कुनै संस्था वा सरकारको विरोधका लागि होइन, यो त नेपालको स्वास्थ्य शिक्षा प्रणालीको भविष्यसँग सम्बन्धित विषय हो। प्रश्न सरल छ- ३३ वर्षदेखि राष्ट्रलाई चिकित्सक, विशेषज्ञ, अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गरिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनभित्र सीमित गर्ने कि विश्वस्तरीय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने?