बसको ठक्करबाट ६२ वर्षीय महतोको घटनास्थलमै मृत्यु

चितवन। चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। माडी नगरपालिका १‚ गर्दीमा बा.प्र. ०३-००१ ख २८८७ नम्बरको बसले आज (शनिबार) बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट माडी नगरपालिका १‚ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई […]