सिगरेटसँगै हुक्का युवामाझ लोकप्रिय हुनु भविष्यका लागि खतराको संकेत हो। धेरैलाई थाहा छैन, एक पटक करिब एक घण्टा लामो हुक्का सेसनले शरीरभित्र धेरै वटा सिगरेट बराबर धुवाँ पुर्याउन सक्छ। 'सुगन्धित' वा 'फ्लेभर' भएकोले जोखिम कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन।