जिल्ला अस्पताल इनरुवामा चिकित्सकप्रति सेवाग्राहीको गुनासो

उजुरी अनुसार, बिहान करिब ९:३० बजे अस्पताल पुगे पनि सो समयमा सम्बन्धित डाक्टर उपलब्ध नभएको र करिब दुई घण्टापछि मात्रै डाक्टर आउने जानकारी दिइएको थियो। तर, त्यसपछि पनि लामो समयसम्म डाक्टरलाई भेट्न नसकिएको बिरामी पक्षले बताएका छन्।