ग्रिनकार्डका निर्णयमा लगाइएको रोक गैरकानुनी भएको अदालतको ठहर

म्यासाच्युसेट्सका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ३९ देशका नागरिकहरूको ग्रिनकार्डका निर्णयमा लगाइएको रोकलाई ‘गैरकानुनी’ ठहर गरेका छन्। बिहीबार फैसला सुनाउँदै न्यायाधीश जुलिया कोबिकले ट्रम्प प्रशासनको उक्त नीतिले हजारौँ आवेदकहरूलाई अन्यायपूर्ण रूपमा अन्योलमा पारेको भन्दै सो नीति कार्यान्वयन नगर्न आदेश जारी गरेकी छिन्। राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त न्यायाधीश कोबिकले गत वर्ष वासिङ्टन डिसीमा एक अफगान […]