फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटालाई न्यु मेक्सिकोको एक अदालतले आफ्ना प्लेटफर्महरूमार्फत युवाहरूलाई पुगेको क्षतिको सम्बोधन गर्न ५६ करोड ७० लाख डलर तिर्न आदेश दिएको छ। यो एक ऐतिहासिक सुनुवाइको दोस्रो चरणमा आएको फैसला हो। बिहीबार अबेर आएको आदेशमा न्यायाधीश ब्रायन बिडस्किडले उक्त रकममध्ये अधिकांश-अर्थात् ४२ करोड डलर-युवाहरूका लागि उपचार सेवामा प्रयोग गरिने बताए। बाँकी […]