इनड्राइभका १,५०० भन्दा बढी चालकले लिए सुरक्षित ड्राइभिङ तालिम, डिजिटल प्रमाणपत्र पनि

राइड हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५०० भन्दा बढी चालक साझेदारले पूरा गरेका छन्। सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे चालकलाई जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। तालिम पूरा गरेका चालकलाई इनड्राइभले डिजिटल प्रमाणपत्रसमेत उपलब्ध गराएको छ। मोबाइलबाट करिब २० […]